×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

फुटबल टोलीको मुख्य प्रशिक्षकमा अलमुताइरी नियुक्त

फुटबल टोलीको मुख्य प्रशिक्षकमा अलमुताइरी नियुक्त

काठमाडौँ - अखिल नेपाल फुटबल संघले कुवेती अब्दुल्लाह अलमुताइरीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
 एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै अलमुताइरीले १ वर्ष राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने जानकारी दिएको छ ।
विश्व कप छनोटका ३ खेल र सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिपलाई मध्यनजर गर्दै एन्फाले नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।
 विश्वकप छनोटका ५ खेल नेपालले योहान कालिनको प्रशिक्षणमा खेलेको थियो । कोरोनाका कारण स्वदेश फर्केका कालिनको सम्झौता सकिएपछि एन्फाले बालगोपाल महर्जनलाई प्रशिक्षक तोकेको थियो ।

महर्जनको प्रशिक्षणमा नेपालले गत साता दशरथ रंगशालामा त्रिदेशीय  कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । 
जसमा बंगलादेशलाई २–१ ले हराउँदै नेपालले दशरथ रंगशालामा ३७ वर्षपछि उपाधि जितेको थियो । 
यसअघि सन् १९८४ मा नेपालले तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको सागमा स्वर्ण पदक जितेको थियो ।
 १९९९ मा आठौं सागमा फाइनल पुगेपनि नेपाल उपाधि जित्न असफल भएको थियो ।

राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक प्रो लाइसेन्स प्राप्त हुनु पर्ने नयाँ नियम ल्याएपछि एन्फाले अलमुताइरीलाई प्रशिक्षक नियुक्त गरेको हो ।
 एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अलमुताइरी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन् । उनी त्रिदेशीय कप अघि नै नेपाल आएका थिए ।
 उनको स्थानीय खर्च एन्फाले बेहोर्ने छ भने बाँकि सबै आर्थिक जिम्मेवारी कतार फुटबल संघले लिएको छ ।

प्रतिकृया दिनुहोस्