×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बुढीगंगा नगरपालिका : १७११ मत गन्न बाँकी, एमालेका उम्मेदवार ७ सय मतले अघि

बुढीगंगा नगरपालिका : १७११ मत गन्न बाँकी, एमालेका उम्मेदवार ७ सय मतले अघि

काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिकामा कांग्रेसले एमालेसँगको अग्रता घटाएको छ। पछिल्लो विवरणअनुसार ७,४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३,८८१ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले ३,१०१ मत ल्याएका छन्। उनीहरूबीच ७८० मतको फरक छ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३,७५३ ल्याएकी छन्। कांग्रेसकी रिता शाहले ३,१५३ मत ल्याएकी छन्। एमालेकी खड्का ६०० मतले अगाडि छन्।गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९,१२८ मत खसेको थियो। अब १,७११ मत गन्न बाँकी छ।

प्रतिकृया दिनुहोस्