×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्थानीय निर्वाचनमा सबैभन्दा धेरै ४१–६० उमेर समूहका जनप्रतिनिधि निर्वाचित

स्थानीय निर्वाचनमा सबैभन्दा धेरै ४१–६० उमेर समूहका जनप्रतिनिधि निर्वाचित

काठमाडौँ- स्थानीय तह निर्वाचन २०७९ मा सबैभन्दा धेरै ४१ देखि ६० वर्ष उमेर समूहका जनप्रतिनिधि निर्वाचित भएका छन् । देशभरका ७५३ पालिकामा निर्वाचित ३५ हजार ९७ जनप्रतिनिधिमध्ये ४१ देखि ६० वर्ष उमेर समूहका सबैभन्दा धेरै अर्थात् १८ हजार ३४७ छन् ।

२१ देखि ४० वर्ष उमेर समूहका १४ हजार ४४२ जना छन् भने ६१ देखि ८० वर्ष उमेर समूहका २ हजार २९१ जना छन् । त्यस्तै, ८१ वर्ष र सोभन्दा माथि उमेरका १७ जना छन् ।

निर्वाचन आयोगले आज (मंगलबार) सार्वजनिक गरेको तथ्यांकअनुसार ४१ देखि ६० वर्ष उमेर समूहका व्यक्ति २१८ पालिकामा प्रमुख, १७४ मा उपप्रमुख, ३२० पालिकामा अध्यक्ष र २१२ पालिकामा उपाध्यक्ष निर्वाचित भएका छन् ।

३७ पालिकामा प्रमुख, ९५ पालिकामा उपप्रमुख, १०६ पालिकामा अध्यक्ष र २३४ पालिकाको उपाध्यक्ष पदमा २१ देखि ४० वर्ष उमेर समूहका व्यक्ति निर्वाचित भएका छन् ।

त्यस्तै, ६१ देखि ८० वर्ष उमेर समूहका व्यक्ति ३८ पालिकामा प्रमुख, २४ पालिकामा उपप्रमुख, ३४ पालिकामा अध्यक्ष र १४ पालिकामा उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

आयोगका अनुसार ४१ देखि ६० वर्ष उमेर समूहका ३ हजार २५३ जना वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्