काठमाडौं- युइएफए नेसन्स लिगअन्तर्गत गएरातिकाे खेलमा जित हात पार्दै इटालीले फाइनल फाेरमा स्थान सुरक्षित गरेकाे छ । उसले घरेलु टाेली हंगेरीलाई २–० ले पराजित गर्दै लिग `ए´ अन्तर्गत समूह तीनकाे शीर्ष स्थानमा रहँदै फाइनल फाेरमा स्थान सुरक्षित गरेकाे हाे ।
पुस्कास एरिनामा इटालीलाई जित दिलाउन गियाकाेमाे रास्पडाेरी र फेडेरिकाे डिमार्काेले एक/एक गाेल गरे । खेलकाे २७ औं मिनेटमा रास्पडाेरीकाे गाेलमार्फत इटालीले अग्रता लिएकाे थियाे । ५२ औं मिनेटमा डिमार्काेले गाेल गर्दै पाहुना टाेलीलाई २–० काे जित दिलाए ।
जितसँगै शीर्ष स्थानको इटालीले ६ खेलमा ११ अंक जोड्दा पराजित हंगेरी समान खेलबाट १० अंकका साथ दोस्रोमा रह्यो ।लिगअन्तर्गतकै अन्य खेलमा जर्जिया, बुल्गेरिया र फिनल्याण्डले पनि जित हात पारेका छन् । एजेन्सी