×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेदरल्याण्डको मैदानमा इंग्ल्याण्डको ‘क्लिन स्विप’

नेदरल्याण्डको मैदानमा इंग्ल्याण्डको ‘क्लिन स्विप’

काठमाडौं- तेस्रो तथा अन्तिम एकदिवसीय अन्तरराष्ट्रिय खेलमा घरेलु टोली नेदरल्याण्डमाथि ८ विकेटको जित निकाल्दै तीन एकदिवसीय श्रृंखलामा इंग्ल्यान्डले ३(० को  ‘क्लिन स्विप’ गरेको छ । बुधबार राति नेदरल्याण्डले दिएको २४५ रनको लक्ष्य इंग्ल्यान्डले ३० ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा जासन रोयले सर्वाधिक १०१ रन बनाए । यस्तै, कप्तान जस बट्लरले अविजित ८६ रन जोडे । नेदरल्याण्डका पाउल भान मिकिरणले २ विकेट लिए  । यसअघि भिआरए मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २४४ रन बनायो ।

नेदरल्याण्डका कप्तान स्कट एड्वार्ड्सले सर्वाधिक ६४ रन बनाए । यस्तै, बास डी लिडेले ५६ तथा म्याक्स ओडोडले ५० रनको  योगदान गरे । इंग्ल्यान्डका डेभिड विलले सर्वाधिक ४ विकेट लिए । यस अघिको दुई खेलमा इंग्ल्यान्ड २३२ रन र ६ विकेटले विजयी भएको थियो ।  अब, इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध तीन टेष्ट श्रृंखला खेल्दैछ ।

प्रतिकृया दिनुहोस्