काठमाडौं - एन्ड्रोइडमा गूगल क्रोम चलाउने प्रयोगकर्ताका लागि नयाँ फिचर आएको छ । गुगलले अब एन्ड्रोइडमा क्रोम चलाउने प्रयोगकर्ताले इन्कग्निटो मोडमा ट्याबहरू फिंगरप्रिन्ट मार्फत सुरक्षित राख्न सक्नेछन् ।
क्रोम १०५ सँगै गुगलले यो फिचर सार्वजनिक गरेको हो ।
इन्कग्निटोमार्फत गोप्य ब्राउजिङ प्रयोग गर्ने प्रयोगकर्तालाई थप सुरक्षा उपलब्ध गराउनको लागि ट्याबहरूमा फिंगरप्रिन्ट लक राख्न मिल्ने फिचर उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
यो फिचर प्रयोग गर्न आफ्नो क्रोम ब्राउजरलाई अपडेट गर्नुपर्ने हुन्छ । यदि अपडेट भइसकेको छैन भने यो लिंकमा क्लिक गरेर अपडेट गर्न सकिन्छ ।
अपडेटपछि इन्कग्निटो मोडमा ‘लक इन्कग्निटो ट्याब ह्वेन यु लिभ क्रोम’ भन्ने अप्सन आउँछ । उक्त अप्सनमा गएर क्लिक गरेर पुन: पछि इन्कग्निटो मोड ओपन गर्दा अनलक गर्ने बेला आफ्नो फिंगरप्रिन्ट प्रयोग गर्न सकिन्छ ।
आईओएसको क्रोममा भने ‘प्राइभेसी स्क्रिन’ नामक फिचर सहित यो फिचर पहिले नै उपलब्ध थियो ।