काठमाडाैँ- पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वकाे सरकारले मगन्तेमुक्त सडक बनाएकाे दाबी गरेका छन् । आइतबार पार्टीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा आफूले गरेकाे कामहरूकाे फेहरिस्ता सुनाउँदै उलने भनेका छन्, ‘एमालेकाे नेतृत्वकाे सरकारले मगन्तेमुक्त सडक बनाएकाे छ ।’
उनले एमालेमात्रै बलियाे दल र राष्ट्रिय आकांक्षासहितकाे पार्टी भएकाे उनकाे भनाइ छ । ‘नेपाली समाजकाे परिवर्तन र रूपान्तरणका लागि एमालेले स्थापनाकालदेखि नै यी नै कुराहरूमा अडिग छ,’ उनले भनेका छन्, ‘नेपालका अन्य दलहरू अनिश्चयबाट ग्रसित छन् ।’