×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

श्रम मन्त्रालयले बनायो श्रमिकका समस्या समाधान गर्न अध्ययन समिति

श्रम मन्त्रालयले बनायो श्रमिकका समस्या समाधान गर्न अध्ययन समिति

काठमाडौं - श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न सञ्चार माध्यममा आएका समाचार, श्रमिक/कामदारबाट आएका गुनासाको समाधान गर्न दिएको निर्देशन कार्यान्वयन गर्न अध्ययन समिति गठन गरेको छ ।

मन्त्रालयले अध्ययनका लागि मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा ३ (तीन) सदस्यीय समिति गठन गरेको हो ।


गत पुस २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषषद् कार्यालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १७ बुँदे निर्देशन दिएको थियो । तर, सो समयका श्रममन्त्री शरतसिंह भण्डारीले निर्देशन पालनाका लागि कुनै चासो दिएका थिएनन् ।

आज नवनियुक्त श्रममन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको निर्देशन कार्यान्वयनबारे अध्ययन गर्न समिति बनाएका हुन् ।


समितिले प्रधानमन्त्रीबाट आएका निर्देशन, विभिन्न सञ्चारका माध्यममा आएका समाचार, श्रमिक, कामदारबाट आएका गुनासा एवम् सरोकारवालाहरुको चासो र सुझाव समेतलाई मध्यनजर गर्दै त्यस्ता विषयहरुमा अध्ययन गरी २१ दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

समितिबाट प्रतिवेदन प्राप्त गरेपछि विगतमा मन्त्रालयबाट भएका निर्णयहरुको समीक्षापछि थप निर्णय गरी कार्यान्वयनमा लगिने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्