काठमाडौँ- ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिरामी लिएर सुनसरीको धरानतर्फ जाँदै गरेको एम्बुलेन्स गए राति मिल्केडाँडा छेउमा दुर्घटनामा भएको हो । दुर्घटनामा घाइते मैवाखोला-२ की १६ वर्षीया हेमकला लिम्बूको उपचारको लागी बिपी प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । एम्बुलेन्समा चालकसहित ७ जना सवार थिए । अन्य ६ जना सामान्य घाइते छन् । एम्बुलेन्स साँघुरो सडकबाट उकालो चढ्न नसक्दा ५० मिटर तल खसेको छ ।