काठमाडाैँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । शुक्रबार प्रेस सेन्टर नेपालकाे दाेस्राे पूर्ण बैठकलाई सम्बाेधन गर्दै भनेका छन्, ‘म यहाँ प्रष्ट पार्न चाहन्छु कि तत्काल समाजवादी केन्द्र बन्दैन । केही साथीहरूले समाजवादी केन्द्रकाे कुरा उठाउनुभएकाे छ । तर तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन ।’
उनले वर्तमान गठबन्धनलाई टिकाएर अगाडि जानेमा सबै दलहरू सहमत भएकाे पनि बताएका छन् ।