काठमाडौं- इलामा–१ मा धाँधली भएको भन्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मतगणना बहिस्कार गरेका छन् । उनले पुनः मतदानको माग गरेका छन् ।
यसबारेमा निर्वाचन आयोगलाई समेत जानकारी दिएको र पत्रकार सम्मेलन गरेर आफू मतगणनामा सहभागी नहुने जानकारी दिने उनले बताएका छन् । खनालले मतगणनाको सुरुदेखि नै गडबड भएको बताएका छन् ।
खनाल एमालेका महेश बस्नेतसँग करिब ३ हजार मतले पछि परेका छन् । उनको आफ्नै नगरपालिकामा गणना जारी हुँदा पनि निरन्तर पछि परेपछि पुनः मतदानको माग गरेका हुन् ।