×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस एक्लै चुनावी अभियानमा

कांग्रेस एक्लै चुनावी अभियानमा

काठमाडाैँ- नेपाली कांग्रेसको एक महिने ‘घरघर जाऔं, कांग्रेस जिताऔँ’ अभियान सुरु भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका काँग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो । 

आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने भएको छ । कांग्रेसका केन्द्रीय सदस्यहरू सबै जिल्लामा गएर ‘चुनाव आयो’ भन्दै कांग्रेस जगाउन जनताका घरदैलोमा पुगेका छन् । यद्यपि, चुनावमा भने एक्लै जाने कि गठबन्धनमा यसबारे ठोस निर्णय भने बनाइसकेको छैन ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैतको तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले गठबन्धनका विषयमा निर्णय गर्ने बताए। ‘टोल, वडा तहबाट आएको राय र सुझावअनुसार गठबन्धन गर्ने नगर्ने टुंगो लाग्छ,’ उनले भने, ‘यो अभियान जनतामाझ गएर कांग्रेस र एमसीसीबारेका भ्रम चिर्न गरिएको हो ।’

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले स्थानीय तहमा फोकस हुन जरुरी भएकोले जनताका घरदैलोमा पुग्न खोजेको बताए । कांग्रेसले ७७ जिल्लामा ७७ केन्द्रीय सदस्य पठाएको छ भने प्रदेश कार्यसमितिहरूले पनि प्रतिनिधि खटाएका छन् । –अन्नपूर्ण पोस्टबाट

प्रतिकृया दिनुहोस्