×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

छैन नारा गर्छु भन्छन् काम, ICC सदस्यमा बाग्लुङका यदुराम

छैन नारा गर्छु भन्छन् काम, ICC  सदस्यमा बाग्लुङका  यदुराम

जापान । बाग्लुङको गल्कोटमा जन्मिएर विगत १५ बर्षदेखी जापानलाई कर्मथलो बनाउदै आएका यदुराम सापकोटा जसले चुनावी नारामा मतदाताहरुलाई झुक्याउने भन्दा पनि साँच्चै काम गरेर देखाउने हुटहुटी सहित अन्तराष्ट्रिय समन्वय समिती (ICC) सदस्य पदका लागी उम्मेदवारी घोषणा गरेका छन् । गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको सन् २०१३ देखी सदस्य भई क्रियाशिल रहेका यदुरामले आगामी २०२५ - २७ दुई बर्षे कार्यकालका लागी सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

राष्ट्रिय समन्वय परिषद (NCC) मा नै क्रियाशिल हुने चाहाना हुदाहुदै बिधानले त्यति नचिनेकोमा गुनासो पोख्दै अबका दिनमा क्रियाशिल भएर लाग्न चाहानेहरुलाई विधानले नरोकोस भन्ने अभिप्रायले विधान सच्याउने ठाँउमा पुग्न भएपनि कतै न कतै जोडिनुपर्ने भएकोले आईसिसिका लागी चाहिने विधानमा टेकेर उम्मेदवारी दिने तयारी गरेको जानकारी गराएका छन् ।

आईसिसिमा मा अहिले दुई वटा समानान्तर समिति क्रियाशिल रहेको अबस्थामा महेश श्रेष्ठ वा बद्रि केसी जुन पक्षलाई अदालतले आधिकारिकता दिनेछ सो अदालतको कुरा भयो आफु जुन पक्षमा परेपनि काम गर्ने हुटहुटु बोकेर मैदानमा आएको छु मतदान गरेर सहयोग गरिदिनुहुन जापानवासी मतदाताहरुमा अनुरोध गरेका छन् । बिद्यार्थी भिषामा जापान छिरेर बिभिन्न सामाजिक संघ सस्थाहरुमा क्रियाशिल हुदै हाल ओसाकामा आफ्नै व्यबसाय गर्दै आएका यदुराम संस्थामा  भएका बिकृति र बेथितीसगँ लड्दै आफुसगँ भएको सिप र क्षमता प्रयोग गरि सक्दो सहयोग गर्ने दुढ संकल्प सहित सक्रिय हुन लागेको जानकारी गराएका छन् । 

प्रतिकृया दिनुहोस्