×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कर्णाली प्रदेशको पहिलो जित

कर्णाली प्रदेशको पहिलो जित

काठमाडौँ- कर्णाली प्रदेशले नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मङ्गलवार भएको खेलमा कर्णालीले मधेस प्रदेशलाई ३ रनले हराएको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा कर्णालीले दिएको ११५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनायो । मधेसका लागि हरिशंकर शाहले सर्वाधिक ४८ रन बनाए । त्यस्तै राकेश कामतले अविजित १९ रन बनाए । 

कर्णालीका लागि दिनेश अधिकारीले तीन विकेट लिए । त्यस्तै दिवान पुन र रवीन्द्र जङ्ग शाहीले दुई दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले २० ओभरमा अलआउट हुँदै ११४ रन जोडेको थियो ।

कर्णालीका लागि विपिन रावलले २४ रन बनाएका थिए । त्यस्तै प्रकाश जैशीले १९ रन बनाउँदा दिनेश अधिकारीले १५ रनको योगदान गरे । मधेसका आदिल आलमले पाँच विकेट लिए । त्यस्तै हरिशंकर शाहले २ विकेट लिए । जितसँगै समूह ‘ए’ मा कर्णालीले ४ खेलमा ५ अङ्क जोडेर दोस्रो स्थानमा उक्लेको छ ।

मधेसले ५ खेलमा ३ अङ्क जोडेर मधेस चौथो स्थानमा छ । यसै समयमा हुने भनिएको मुलपानी क्रिकेट मैदानको खेल भने रद्द भएको छ । ​मुलपानिमा पुलिस र गण्डकी प्रदेशका खेल हुने तालिका थियो ।

प्रतिकृया दिनुहोस्