×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, के-के भए निर्णय ?

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, के-के भए निर्णय ?

काठमाडौं: सरकारले विभिन्न निकायमा पदाधिकारी नियुक्तिको निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवम् संचारमन्त्री वसन्त नेम्वाङले विभिन्न निकायमा पदाधिकारी नियुक्त गरिएको बताए ।

सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरेको उनले जानकारी दिए । जेठ ३१ गतेको बैठकको निर्णय अनुसार ओझा नियुक्त भएका हुन् । नेपाल इञ्जिनियरिङ परिषदको रजिष्ट्रारमा शिवमंगल गिरी नियुक्त भएका छन् ।

शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्ष डा. अर्जुन कार्की, डा. अमिना सिंह, डा. असिम ढकाल, डा. विपिनचन्द्र अधिकारी, दिनेश शाह, दोभान राई, संगिता कौशल मिश्र, डा. सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ, श्रवणकुमार राणा नियुक्त भएका छन् ।

योगमाया आयुर्वदिक विश्वविद्यालयको पूर्वाधार निर्माण समिति सदस्यमा खड्कबहादुर राई र वंशीधर लामा नियुक्त भएका छन् ।

असार ७ गतेको बैठकले एसीयाली विकास बैंकको कार्यकारी निर्देशकको कार्यालय मनिलामा २ वर्षे कार्यकालका लागि नेपालले प्रतिनिधित्व गर्ने निर्देशकको सल्लाहकारमा श्रम मन्त्रालयका उपसचिव रमेश अर्याललाई मनोनयन गरी काजमा पठाउने पनि निर्णय गरेको छ ।

सशस्त्र प्रहरी बल मानव स्रोत विभागका कार्यरत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) पुष्पराम केसीलाई कार्य तथा सीमा सुरक्षा विभागका सरुवा गरिएको छ भने उनको ठाउँमा कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत एआईजीपी रामशरण पौडेललाई ल्याइएको छ ।

नेपाली सेनाका पाइलट सहायक रथी आशिष नरसिंह राणालाई पाइलट उपरथीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको पनि नेम्वाङले बताए ।

 

प्रतिकृया दिनुहोस्