×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

भारतसँग नेपालको लज्जास्पद हार,८-० ले पराजित

भारतसँग नेपालको लज्जास्पद हार,८-० ले पराजित

काठमाडौं - साफ यू-२० च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आयोजक भारतसँग लज्जास्पद हार व्यहोरेको छ ।भारतको भुवनेश्वरस्थित कालिंगा रङ्गशालामा आइतबार साँझ भएको खेलमा नेपाल भारतसँग ८-० गोलले पराजित भयो ।

भारतको जितमा पार्थिव सुन्दर गोगोईले दुई गोल गर्नुभयो । टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिव र सुभो पाउलले एक एक गोल गर्नुभयो । भारतलाई हराएर एक खेल अगावै फाइनलमा स्थान बनाउने सपना बुनेको नेपालको योजना सफल हुन सकेन ।

लिग चरणको अन्तिम खेलमा नेपालले अब मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेल जितेपनि नेपालको फाइनल यात्रा अरुको नतिजामा भर पर्नेछ । हारसँगै नेपालको तीन खेलबाट ६ अंक छ । भारतले पनि ६ नै अंक बनाएको छ । शीर्षस्थानमा रहेको बंगलादेशको समान खेलबाट ९ अंक छ ।

एक एक अंक बनाएका माल्दिभ्स र श्रीलङ्काले प्रतियोगिताबाट बाहिरिएका छन् । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोलीबीच शुक्रबार फाइनल प्रतिस्पर्धा हुनेछ । 

प्रतिकृया दिनुहोस्