×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा छ । 

विभागका अनुसार आज दिउँसो प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ । प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

आज राति प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ । प्रदेश-१ को पहाडी भू-भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रतिकृया दिनुहोस्