×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

टर्कीको मेयरको चुनावमा विपक्षी दलको जित

टर्कीको मेयरको चुनावमा विपक्षी दलको जित

एजेन्सी - टर्कीको स्थानीय चुनावमा विपक्षी दलले जित हासिल गरेको छ । यसलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो राजनीतिक धक्का मानिएको बीबीसीले जनाएको छ । तेस्रो पटक राष्ट्रपति चुनाव जितेको एक वर्षभन्दा कम समयमै उहाँको पार्टी एकेको पराजयले राजनीतिक विश्लेषकहरू आश्चर्यमा परेका खबरमा उल्लेख छ ।

राष्ट्रपति चुनाव जितेर एर्दोगान  राजनीतिक नेतृत्वमा पनि आफ्नो प्रभुत्व कायम गर्ने तयारीमा हुनुहुन्थ्यो ।  तर स्थानीय चुनावमा उहाँको पार्टीका उम्मेदवारको पराजयले उहाँलाई झट्का लागेको छ । एर्दोगान आफैंले इस्तानबुलमा प्रचार गरेपनि  धर्मनिरपेक्ष विपक्षी पार्टी सीएचपीका एक्रेम इमामोग्लुले चुनाव जित्नुभएको छ । एर्दोगानले इस्तानबुलको मेयर भएर त्यहीँबाट आफ्नो राजनीतिक यात्रालाई उचाइमा पुर्‍याउनुभएको थियो ।

यसपटक विपक्षी दलले प्रमुख सहर इस्तानबुल र अंकारासहित १५ वटा सहरको मेयरको चुनाव जितेको छ ।

प्रतिकृया दिनुहोस्