×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

बाबुरामको आक्रोश - ओलीलाई न्यायपालिकामाथि खड्ग चलाउने भूत चढेछ

बाबुरामको आक्रोश - ओलीलाई न्यायपालिकामाथि खड्ग चलाउने भूत चढेछ

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्री ओली अब न्यायपालिकामाथि खड् चलाउने भूत चढेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

निवर्तमान प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष रहेका केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेपछि डा. भट्टराईले आक्रोश व्यक्त गरेका हुन् ।

उनले कार्यपालिका र व्यवस्थापिका ध्वस्ता पारेका ओलीले अब न्यायपालिकामाथि खनिए र निर्दलीयताको भूत चढेको डा. भट्टराईको आरोप छ । 

उनले ट्विटरमार्फत  भनेका छन्, "खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ ! जो चोर उसको ठूलो स्वर भनेझैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा७६(५)ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ ! त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र ?"

 

प्रतिकृया दिनुहोस्