×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

राष्ट्रिय सभा उपनिर्वाचनका लागि वाग्मतीमा आज मतदान

राष्ट्रिय सभा उपनिर्वाचनका लागि वाग्मतीमा आज मतदान

काठमाडौं- वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा आज मतदान हुँदैछ । बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानको कार्यक्रम छ ।

वागमती प्रदेशको राजधानी हेटौंडामा हुने उपनिर्वाचनमा नेकपा एमालेले बादललाई नै आफ्नो उम्मेदवार बनाएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेकै माधव कुमार नेपाल र झलनाथ खनाल समूहले साझा उम्मेदवारको रुपमा डा. खिमलाल देवकोटालाई अघि सारेका छन् । त्यसैगरी नेपाल मजदुर किसान पार्टीले पनि कृष्ण बहादुर तामाङलाई उम्मेदवार बनाएको छ । 

पूर्व माओवादी नेता बादललाई एमालेले र एमाले पृष्ठभूमिका देवकोटालाई माओवादीले समर्थन गरेकाले आजको उपनिर्वाचनलाई चासोको रुपमा लिइएको छ । नेपाल खनाल समूहले समते देवकोटालाई मत दिने बताएको र निर्वाचनको अघिल्लो दिन मात्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई नजिताए क्षम्य नहुने चेतावनीयुक्त अपिलको विज्ञप्ति जारी गरेकाले पनि यो उपनिर्वाचन थप चासोको विषय बनेको हो । 

यही जेठ १७ गते लुम्बिनी प्रदेशमा पनि राष्ट्रियसभाको उपनिर्वाचन हुदैछ भने बैशाख ३० गते ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त ओलीले नियुक्त भएको ३० दिनभित्र संसदबाट विस्वासको मत लिनु पर्नेछ । आजको राष्ट्रियसभाको उपनिर्वाचनको परिणामले लुम्बिनी प्रदेशको उक्त उपनिर्वाचन र प्रधानमन्त्रीले विस्वासको मत लिनुपर्ने अवस्थाको नतिजा पनि अनुमान गर्नसक्ने परिस्थीति बनाउने आंकलन गरिएको छ ।

निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहितानुसार यही जेठ ३ गते राति १२ बजेपछि मौनअवधि शुरु भइसकेको छ । निर्वाचन आचारसंहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई कानूनबमोजिम कारवाही गर्न सकिने र आचारसंहिता विपरीत कार्य गर्नेको अभिलेख राखिने जनाइएको छ ।

 

निर्वाचन आचारसंहिता एक कानूनी आधार र नैतिक बन्धन भएकाले सोको पालना गरी निर्वाचन निष्पक्ष ढंगबाट सञ्चालन गर्ने कार्यमा सहयोग पुर्‍याउन आयोगले सबैमा आग्रह गरेको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्