×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रहरीका निजी सुरक्षा गार्डले गरे पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि गोली प्रहार

प्रहरीका निजी सुरक्षा गार्डले गरे पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि गोली प्रहार

काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि नेपाल प्रहरीबाट खटिएका निजी सुरक्षा गार्डले गोली प्रहार गरेका छन् ।

शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले जनाएकाे छ ।

उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ । गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्