×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चीनमा भेटियो नयाँ भाइरस, ३५ जना संक्रमित

चीनमा भेटियो नयाँ भाइरस, ३५ जना संक्रमित

काठमाडौँ-चीनमा नयाँ प्रकारको हेनिपाभाइरस देखिएको छ । भाइरसले अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा ३५ मानिसहरूलाई संक्रमित गरेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पूर्वी चीनमा ज्वरोका बिरामीहरूको स्वाब नमुनामा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । समाचारमा उल्लेख भएअनुसार संक्रमित मानिसहरू जनावरको सम्पर्कमा रहेका थिए ।

अध्ययनमा संलग्न अधिकारीहरूले भर्खरै पत्ता लागेको हेनिपाभाइरस जनावरहरूबाट फैलिएको हुन सक्ने आशंका गरेका छन् । संक्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिएका छन् ।

हेनिपाभाइरसले जनावर र मानिसमा गम्भीर रोग निम्त्याउन सक्ने बताइएको छ । हेनिपाभाइरसविरुद्ध हाल कुनै खोप वा उपचार छैन । विश्वव्यापी महामारीका रूपमा फैलिएकाे काेराेना भाइरस पनि पहिलाेपटक चीनकाे वुहानमा भेटिएकाे थियाे ।

प्रतिकृया दिनुहोस्