×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रातो मछिन्द्रनाथ जात्राको आज विशेष दिन, महिलाले ताने रथ

रातो मछिन्द्रनाथ जात्राको आज विशेष दिन, महिलाले ताने रथ

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा, रातो मच्छिन्द्रनाथ रथ जात्रा बिहीबार बिहान इतिटोलबाट थतिटोलसम्म तानेर लगिएको छ ।

यो रथ यात्रामा आजको दिनको विशेष महत्व छ। महिलाहरूले यो रथलाई तान्ने दिन भएकाले यसको विशेष महत्व रहेको छ। अन्यदिन पुरुषले मात्र तान्ने यो रथ लगनखेलमा नरिवल खसालेको भोलिपल्ट महिलाहरूले तान्ने चलन छ। महिलाहरूले रथ तान्नुलाई 'याक मिसा भुज्या' भन्ने गरिन्छ।

अब यो रथलाई साइत जुराएर लगनखेल लगिनेछ र त्यसको चौथो दिन भोटो जात्रा हुनेछ।

प्रतिकृया दिनुहोस्