×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आईसीसी अध्यक्ष ग्रेग नेपाल भ्रमणमा आउदैं

आईसीसी अध्यक्ष ग्रेग नेपाल भ्रमणमा आउदैं

काठमाडौं - अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्कलेले नेपाल भ्रमण गर्ने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार बिज्ञप्ति जारी गर्दै आईसीसी अध्यक्षले चार दिने नेपाल भ्रमण गर्ने पुष्टि गरेको छ । 

बार्कले आगामी सोमबार नेपाल आउने र चार दिने भ्रमण सकेर फर्कने क्यानले जनाएको छ । आईसीसी अध्यक्षको नेपाल भ्रमण नेपाली खेलकुद विकासको अवसरका रुपमा रहने क्यानले जनाएको छ । 

बार्कलेले नेपाल भ्रणको दौरान त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानको निरिक्षण गर्नेछन् । सो दौरान उनले प्रधानमन्त्री, अर्थमन्त्री, खेलकुद मन्त्री लगायतलाई भेट गर्ने तालिका रहेको क्यानले जनाएको छ । उनले भेटको दौरान क्रिकेटमा सहयोग, अनुदानको अवसर र नेपालको नीतिसँग जोडिने सन्दर्भमा कुराकानी गर्नेछन् । 

बार्कलेले सन् २०२७ को यू–१९ वुमन्स विश्वकप नेपालले सह–आयोजना गर्ने विषयमा त्रिवि मैदान र मुलपानी मैदानको निरिक्षण गर्ने बताएका छन् । 

क्यान अध्यक्ष चुतरबहादुर चन्दले आईसीसी अध्यक्षको नेपाल भ्रमणले क्रिकेट विकासमा महत्वपुर्ण प्रभाव पार्ने उल्लेख गरेका छन् । 

प्रतिकृया दिनुहोस्