×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप २६ जनामा कोरोना संक्रमण, ७७ जना निको

थप २६ जनामा कोरोना संक्रमण, ७७ जना निको

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४० जनाको पीसीआर परीक्षणमा २५ जना र १ हजार २५२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट ७७ जना निको भएका छन् भने हाल देशभर १ हजार १४६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १ हजार ९६ जना होम आइसोलेसनमा रहेका छन् भने ५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५३४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ३०५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्