काठमाडौँ- शनिबार काठमाडौँ उपत्यकामा थप ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा ३,७६२, ललितपुरमा १,११० र भक्तपुरमा ४३४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १० हजार २५४ संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ ।