×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

ललितपुर- गणेशमान सिंह फ़ाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरू भएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको प्रतियोगिता कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता एवं गणेशमान सिंह फ़ाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले स्वर्गीय गणेसमान सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानलाई सदैव स्मरण गर्न विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए ।

सिनियर र जुनियरतर्फ महिला र पुरूषका २३ स्पर्धामा झण्डै २२५ खेलाडीले भाग लिने आयोजकले जनाएको छ । विजयी खेलाडीलाई कूल ७ लाख २५ हज़ार नगद पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक भास्करमान सिंहले जानकारी दिए ।

प्रतियोगिताको पहिलो दिन पुरुष डबल, छात्र /छात्रा जुनियर सिंगल, पूरुष ४५ र ६५ वर्ष उमेर समूहका पहिलो चरणका खेल भएका छन् ।

प्रतिकृया दिनुहोस्