काठमाडौं - नेकपा एमालेले सिराहाको विष्णुपुर सर्रेअम्बासमा आयोजना गर्न लागेको बहुप्रतिक्षित सचिवालय बैठक स्थगित भएको छ ।
सबै तयारी पूरा भए पनि लगातारको वर्षाको कारण बैठक स्थगित गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।
पार्टीको चौथो महाधिवेशन आयोजना गरिएको घरमा ३४ वर्षपछि सचिवालय बैठक आयोजना गर्न लागिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी हुन विराटनगर पुगिसकेका भएपनि बैठक स्थगित भएको हो ।
एमालेले २०४६ सालमा अम्बासको एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो। त्यसैको सम्झना अहिले त्यहाँ सचिवालय बैठक आयोजना गरिएको थियो।