×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नेपालसहित १४ सांसदको मुद्दामा एकैपटक अन्तिम सुनुवाइ हुँदै, चैत २० मै फैसला हुनसक्ने

नेपालसहित १४ सांसदको मुद्दामा एकैपटक अन्तिम सुनुवाइ हुँदै, चैत २० मै फैसला हुनसक्ने

काठमाडाैँ- सर्वोच्च अदालतले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकतासम्बन्धी मुद्दामा एकैपटक चैत २० गते अन्तिम सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले सो मुद्दाको लिखित जवाफ आइसकेको भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो । 

सर्वाेच्च स्राेतकाअनुसार अन्तिम आदेशकाे माग भएकाेले मुद्दालाई एकैपटक अन्तिम सुनुवाइ हुनेगरी पूर्ण इजलासमा पठाइएकाे हाे । ‘अन्तरिम आदेशको माग भएपछि मुद्दाको सबै अंग पुगेकाले अन्तिम फैसला हुने गरी सर्वोच्चले आदेश जारी गरेको छ,’ सर्वाेच्च स्राेतले भन्याे, ‘त्यही दिन फैसला पनि हुनसक्छ । प्रक्रिया सकिन सक्छ, सकियाे भने त फैसला भइहाल्छ नि ।’

अदालतले नेपालसहित १४ सांसदमाथि पार्टीले गरेको कारबाही सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगरेको, पार्टी विभाजनका लागि झलनाथ खनालसहितका नेताहरूले गरेको सनाखतलाई मान्यता नदिन र लुम्बिनीका सांसदहरू विमला खत्री वली र अजय शाहीमाथि गरेको कारबाहीअनुसार सूचना टाँस गरिनुपर्नेलगायतका विषयको मुद्दा एकै ठाउँमा हेर्दैछ ।

नेपालसहिका १४ सांसदमाथि पार्टीले गरेको कारबाही कार्यान्वयन नभएको भन्दै एमालेले विगत ६ महिनादेखि प्रतिनिधि सभा बैठकलाई अवरुद्ध पार्दै आएको छ ।

प्रतिकृया दिनुहोस्