×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारले माग सम्बाेधन नगरेसम्म आत्मदाह गरेका प्रेमप्रसादको शव नउठाउने चेतावनी

सरकारले माग सम्बाेधन नगरेसम्म आत्मदाह गरेका प्रेमप्रसादको शव नउठाउने चेतावनी

काठमाडौं- आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारले सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म मृतकको शव नउठाउने चेतावनी दिएका छन् । उनीहरुले गृहमन्त्री रवि लामिछानेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको १० बुँदे माग पत्रमा शव अउठाउनुका साथै अन्त्येष्टि पनि नगर्ने अडान राखेका छन् ।

परिवारले आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम शहीद घोषणा गर्नु पर्ने माग पनि अघि सारेका छन् । माग पत्रमा आचार्यले आत्मदाह गर्नुअघि राखेका २५ बुँदे सुझावहरु सम्बोधन हुनु पर्ने, आचार्यले लिएको कर्जा राज्यले स्वामित्व लिई चुक्ता गरिदिनु पर्ने माग गरिएको छ ।

आचार्यले गत मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो आगो लगाई आत्मदाहको प्रयास गरेका थिए । घाइते अवस्थामा अस्पताल पु¥याएका उनको उपचारकै क्रममा बुधबार बिहान निधन भएको थियो । यी हुन् प्रेमप्रसादका परिवारले अघि सारेका मागहरु

प्रतिकृया दिनुहोस्