काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने बताएका छन् । उनले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई आग्रह समेत गरे ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले संसदको ठूलो दल कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताए । उनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई पनि दिए ।