×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भ्रष्टाचार आरोपमा दिल्लीका स्वास्थ्यमन्त्री पक्राउ

भ्रष्टाचार आरोपमा दिल्लीका स्वास्थ्यमन्त्री पक्राउ

काठमाडौं- सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।

आम आदमीले उनको पक्राउको विरोध गरेको छ । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले एक ट्वीटमा हिमाञ्चल प्रदेशमा आगामी चुनावलाई प्रभावित गर्ने उद्देश्यले जैनलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् । जैन हिमाञ्चल प्रदेशका आम आद्मीका इन्चार्ज हुन् ।

केही साताअघि भएको विधानसभा निर्वाचनमा आम आद्मीले दिल्लीको अतिरिक्त गुजरात राज्यमा आश्चर्यजनक सफलता प्राप्त गरेको थियो ।

भ्रष्टचार र अनियमिततालाई जरैदेखि उन्मुलन गर्ने आम आद्मीले उद्घोष गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्