×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

ढलको बिर्कोमा अल्झीएर सडकमै मन्त्री रामकुमारी झाँक्री…

ढलको बिर्कोमा अल्झीएर सडकमै मन्त्री रामकुमारी झाँक्री…

शहरी विकास मन्त्री एवं नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले आफू कालगतीले मन्त्री बनेको बताएकी छिन् । खै कता कता के के भएर मात्रै आफु मन्त्री भएको भन्दै निकै अचम्म भावमा प्रस्तुत भएकी झाँक्रीले अहिले मन्त्री भएर दुई महिना देखी गाडी चढ्न पाएपनि आफू स्कुरको यात्री भएको भन्दै स्कुटर चलाउँदा ढलको बिर्कोमा अल्झीएर पटक पटक लडेको बताएकी छिन् ।

नेपालका इन्जीनियरहरुका सडकमा ढलको बिर्को मिलाउँने पनि दक्षता नदेखिएको भन्दै मन्त्री झाँक्रीले कम्तीमा ढलको बिर्को मिलाउँन सक्ने सम्मको दक्षता त राख्नुस् भन्दै इन्जीनियरहरुलाई व्यवसायिक चुनौतीतै दिएकी छिन् । स्कुटी चलाएर हिड्दा पटक पटक आफू लडेको उनले सुनाएकी हुन् । निर्वाणाधिन मन्त्री क्वाटरमा पुग्दा इन्जीनियरको क्षमता देखेर आफू छक्क परेको पनि उनले सुनाइन् । जताततै बिम राखेर घर बनाइएको भन्दै यता पनि चोसो उता पनि चोसो देख्दा यहाँका इन्जीनियरहरु हाम्रो गाउँको सुब्बादाई जत्तिको पनि नदेखिएको भन्दै व्यंग्य गरेकी छिन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री झाँक्रीले आफूलाई जहिले पनि सडकमा राखिएका ढलका ढक्कनले दुस्ख दिने गरेको बताउँदै ढलको ढक्कन मिलाउने दिन कहिले आउला भनी इञ्जिनियरहरूलाई प्रश्न पनि गरेकी छन् ।

‘कालगतिले कहाँबाट के(के भएर मलाई मन्त्री बनाइदियो, म साढे दुई महिनादेखि गाडी नै चढिरहेकी छु,’ झाँक्रीले भनिन्, ‘तर म स्कुटर चढ्ने मान्छेलाई ढलको बिर्कोले जहिल्यै दुस्ख दियो । म पटक(पटक लडेँ । यो देशका इञ्जिनियरले ढलको बिर्को मिलाउने दिन कहिले आउला भन्ने मेरो व्यावसायिक चुनौती हो।’

उनले मन्त्रालयमा ढलको बिर्को मिलाउन जान्ने इञ्जिनियर कम भएको र ठूल्ठूला सहरी योजनाका कुरा गर्नेहरू धेरै भएको भन्दै व्यंग्य पनि गरिन् । नयाँ बन्दै गरेको हेर्न मन्त्री निवास हेर्न जाँदा कोठामा बिमैबिम देखेको प्रसंग उल्लेख गर्दै उनले भनिन्, हाम्रा इञ्जिनियरहरूले ढलका बिर्का मात्रै मिलाउँदा रहेनछन्, हाम्रो गाउँका सुब्बा दाइले जतिको पनि इञ्जिनियरिङ गर्दा रहेनछन् ।’

इञ्जिनियरहरूलाई आफ्नो दक्षता सुधार गर्नुस् भनेर भनेको पनि उनले बताइन् । ‘बाँकी खरिद(सरिदका गफ गर्दिनँ । जान्दा पनि जान्दिनँ,’ उनले भनिन्, ‘जुन दिन हाम्रा इञ्जिनियरहरू ढलका बिर्का मिलाएर आउनेछन्, हामीजस्ता इञ्जिनियरिङ दक्षता नभएका मान्छेलाई त्यति बेला चुनौती हुनेछ ।’

प्रतिकृया दिनुहोस्