काठमाडौं- त्रिभुवन विश्वविद्यालयले पोहोरकै प्रश्न दोहोर्याएर परीक्षा लिएको पाइएको छ। मानविकी संकायअन्तर्गत डिन कार्यालयले अर्थशास्त्रको मास्टर्स डिग्रीको प्रश्नपत्र पोहोरकै हुबहु तयार पारेको खुलेको हो।
बुधबार भएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले पोहोरकै प्रश्न दोहोर्याएको हो। प्रश्नपत्रमा ‘एक्स्प्लेन’ र ‘डिस्क्राइब’ भन्ने शब्द मात्रै तलमाथि गरिएको छ भने वर्ष मात्रै बदलेको छ। ६० पूर्णाङ्कको परीक्षामा दुई खण्डमा गरी १३ वटा प्रश्न सोधिएका हुन्छन्। ती सबै प्रश्न पोहोर सालका प्रश्नसँग हुबहु मिलेका छन्।
पोहोरको प्रश्नपत्र
त्रिविको केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख शिव अधिकारीले प्रश्नपत्र दोहोरिएको स्वीकार गर्दै प्रश्नपत्र बैंकबाट छनोट गर्दा पुरानो प्रश्नपत्र परेको बताए। उनले मुलुक प्रेससँग भने, ‘प्रश्नपत्रको बैंक हुन्छ, त्यसबाट नयाँ र पुरानो मिसाएर प्रश्नपत्र तयार गरिन्छ।
परीक्षा हुनु केही दिनअघि प्रश्नपत्र ब्यांकबाट एउटा प्रश्नपत्र छनोट गरिन्छ। जुन प्रश्नपत्र आयो, त्यही छनौट गरेर छापिन्छ।’परीक्षा सकिइसकेकाले अब स्थगित नहुने भन्दै अधिकारीले भूलवश यसपालि गत वर्षकै प्रश्नपत्र परेको बताए।
यो वर्षको प्रश्नपत्र