कलाकार अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्। शाहीलाई शुक्रबार बिहान एक कार्यक्रमकाबीच गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी प्रवेश गराएका हुन् । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाहीलाई खाडले तरूण दलको सदस्यता पनि दिएका छन्।
मन्त्री निवास पुल्चोकमा आयोजित कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेत, अध्यक्ष विद्वान गुरुङलगायतको उपस्थिति थियो।