काठमाडौं- काठमाडौंमा अहिलेसम्म १५ स्थानमा १७ जनालाई हैजा पुष्टि भएको छ । अहिलेसम्म बागबजार, कालीमाटी सानेपा, डिल्लीबजार, कपन, बालाजु बोहोराटार बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी ,कीर्तिपुर, टेकु, कागेश्वरी मनोहरा र ग्वार्कोमा हैजा देखिएको छ ।यसअघि ललितपुर महानगरपालिकाले पानीमा हैजाको जीवाणु हुन सक्ने भन्दै चटपटे र पानीपुरी ठेलामा बेच्न रोक लगाएको थियो ।