×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने, पुरानालाई भौतिक पूर्वाधार एम्बुलेन्स बनाउने

काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने, पुरानालाई भौतिक पूर्वाधार एम्बुलेन्स बनाउने

कामठमाडौं- काठमाडौं महानगरपालिकाले नयाँ गाडी नकिनी पुराना गाडीलाई भौतिक पूर्वाधार एम्बुलेन्स बनाउने निर्णय गरेको छ। महानगरको पहिलो कार्यपालिकाको बैठकले महानगभित्र रहेका सडकका खाल्डाखुल्डी पुर्नका लागि भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको थियो। खाल्डाखुल्डी एक हप्ताभित्रै पुर्ने लक्ष्य पनि महानगरको छ। बाहिरबाट गाडीहरू भाडामा लिएर काम गर्ने प्रक्रिया लामो भएकोले महानगरको मातहतमा रहेकै गाडीलाई भौतिक पूर्वाधार एम्बुलेन्स बनाउन लागिएको बताएको छ।

महानगरले दिएको जानकारीअनुसार वातावरण विभागमा रहेका गाडीहरूलाई भौतिक पूर्वाधार एम्बुलेन्स बनाउन लागिएको हो। महानगरले बनाएको भौतिक पूर्वाधार एम्बुलेन्समा एक इन्जिनियर र अन्य तीन मजदुर हुनेछन्। मजदुर भने दैनिक ज्याला लिने गरी राख्ने तयारी महानगरको छ। एयर एम्बुलेन्सका लागि चाहिने निर्माण सामाग्री, कच्चा पदार्थ तयारी अवस्थामा रहेको पनि बताइएको छ।

महानगरले सडक भत्केका ठाउँमा कालोपत्रे गर्नेबाहेक सबै काम गर्ने पनि जनाएको छ।

प्रतिकृया दिनुहोस्