×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरु हुँदै

आजदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरु हुँदै

काठमाडौं -  आजदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरु हुने भएको छ । सात महिनाअघि स्थगित भएको सवारी चालक अनुमतिपत्रको छपाइ आजदेखि सुरु हुन लागेको यातायात व्यवस्था विभागले जनाएको छ ।
आज विभागमा आयोजना हुने एक कार्यक्रमबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले छपाइको सुरुवात गर्ने विभागका निर्देशक लोकनाथ भुषालले जानकारी दिए ।
उनका अनुसार विभागले मगाएको कार्ड स्पेशिफिकेसन अनुसारको गुणस्तर परीक्षण सम्पन्न गरी छपाइको काम सुरु गर्न लागिएको हो । आजदेखि चारओटा मसिनबाट स्मार्ट लाइसेन्स छपाइको काम सुरु हुनेछ ।
सबै मसिनले राम्रोसँग काम गरेको खण्डमा प्रतिमिनेट चार ओटाका दरले तीन सिफ्टमा दैनिक १० हजार छपाइ हुनेछ । त्यो हिसाबले अबको तीन महिनाभित्र ट्रायल पास गरेका चालकले स्मार्ट लाइसेन्स प्राप्त गर्नेछन् ।
हाल स्मार्ट लाइसेन्स नहुँदा सात लाखभन्दा बढीले रसिदकै भरमा सवारी चलाएका छन् ।

प्रतिकृया दिनुहोस्