×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

काठमाडौँ- साविक विजेता फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई पराजित गर्दै फ्रान्सले लगातार दोस्रो पटक अन्तिम ४ मा स्थान बनाएको हो। फ्रान्सले इङ्ल्याण्डलाई २–१ ले पराजित गरेको हो। 

फ्रान्सको जितमा चाउमेनी र जिरुडले गोल गरे। खेलको १७ औं मिनेटमा चाउमेनीको गोलमा फ्रान्सले अग्रता लिएको थियो। तर दोस्रो हाफमा इङ्ल्याण्डले बराबरी गरेको थियो। ५४ औं मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमाफृत बराबरी गोल फर्काएका थिए।

तर ७८ औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सलाई उपाधि रक्षा गर्ने लक्ष्यमा जीवित राखे। ८४ औं मिनेटमा इङ्ल्याण्डले पेनाल्टी पाए पनि कप्तान केन चुक्दा बराबरी गर्ने मौका गुमाएको थियो। त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा फ्रान्सले सेमिफाइनलमा मोरक्कोसँगको भेट पक्का गरेको हो।

फ्रान्सले विश्वकप फुटबलमा इङ्ल्याण्डलाई पहिलो पटक पराजित गरेको हो। यसअघि सन् १९६६ मा २–० ले विजयी भएको इङ्ल्याण्डले १९८२ मा ३–१ ले नतिजा आफ्नो पक्षमा पारेको थियो।
तर तेस्रो भेटमा भने फ्रान्सले यसअघिको हारको बदला लिएको हो।

प्रतिकृया दिनुहोस्