×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा सदस्य मगर माओवादी केन्द्रमा फर्किए

रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा सदस्य मगर माओवादी केन्द्रमा फर्किए

राेल्पा- रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उनी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बनेका थिए ।

मगर लुम्बिनी प्रदेशसभामा भारी मतले विजयी भएका थिए । मगरले पार्टी छाडेकामा आत्मआलोचित हुँदै पुनः माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाएका छन् ।

पार्टी छाडेर निर्वाचनमा उम्मेदवार बनेपछि मगरलाई माओवादीले निष्कासन गरेको थियो । मगरलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रोल्पाका प्रतिनिधिसभा सदस्य एवम् माओवादी नेता वर्षमान पुनले पार्टीमा स्वागत गरे ।

प्रतिकृया दिनुहोस्