×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सन्दीप र दीपेन्द्रले इमर्जिङ एसिया कप नखेल्ने

सन्दीप र दीपेन्द्रले इमर्जिङ एसिया कप नखेल्ने

काठमाडौं - राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

सन्दीप र दीपेन्द्रले फ्रेन्चाइज लिग ग्लोबल टि–२० क्यानडा खेल्न लागेका कारण इमर्जिङ कप खेल्न नभ्याउने भएका हुन् । ग्लोबल टि–२० क्यानडा आगमी जुलाई २० देखी अगष्ट ६ सम्म चल्नेछ । नेपालले जुलाई २३ देखि इमर्जिङ कप खेल्दैछ ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो । इमर्जिङ कपको समूह बी मा नेपालसहित युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान रहेका छन् ।

इमर्जिङ कपमा पाँच टेस्ट टोलीबाट यू–२३ को टीमले खेल खेल्नेछन् भने एसिएट टोलीले आफ्नो पहिलो रोजाईका खेलाडी खेलाउन पाउनेछन् ।

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ भने १९ जुलाईमा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ । फाइनल २२ जुलाईमा हुनेछ ।

प्रतिकृया दिनुहोस्