×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आफ्नै पार्टीभित्रका सांसदको विद्रोहबीच बेलायती प्रधानमन्त्रीले पाए विश्वासको मत

आफ्नै पार्टीभित्रका सांसदको विद्रोहबीच बेलायती प्रधानमन्त्रीले पाए विश्वासको मत

लन्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीभित्रैबाट विद्रोह हुँदाहुँदै पनि संसदमा विश्वासको मत जितेका छन् । जोनसनलाई २११ सांसदको समर्थन मिलेको छ भने १४८ सांसदले उनीमाथि विश्वास नभएको बताएका छन् । बहुसंख्यक टोरी सांसदले उनको पक्षमा मतदान गरेका थिए । कन्जरभेटिभ पार्टीका ५४ सांसदले उनले विश्वासको मत परीक्षण गर्नुपर्ने माग गरेका थिए ।

विश्वासको मत प्राप्तसँगै उनी अब एक वर्षका लागि सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने निश्चित भएको छ । कोभिड लकडाउनको समयमा प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा ‘रक्सी पार्टी’लाई लिएर प्रधानमन्त्री जोनसनको कन्जरभेटिभ पार्टीभित्रसमेत चर्को  आलोचना भएको थियो । उक्त विषयलाई लिएर प्रधानमन्त्री जोनसनले संसदमा बारम्बार क्षमायाचना गरेका थिए । 

मतदानको दौडमा जोनसनको स्थिति खतरनाक देखिएको थियो किनकी धेरै कन्जरभेटिभ सांसदहरूले जोनसनलाई प्रधानमन्त्रीको पदबाट राजीनामा दिन आह्वान गरेको पत्र बुझाएका थिए । प्रधानमन्त्रीको पदमा रहिरहन कम्तीमा १८० सांसदको समर्थन चाहिन्थ्यो । तर, मतदानमा उनले आवश्यकभन्दा धेरै सांसदहरूको समर्थन पाएका छन् । प्रधानमन्त्री जोनसनले आफ्नो विश्वास मतको जितलाई ‘निर्णायक’ भनेर वर्णन गरेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्