×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको हृदयघातका कारण निधन

अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको हृदयघातका कारण निधन

काठमाडौं - अष्ट्रेलियन पूर्व क्रिकेटर शेन वार्नको निधन भएको छ । हृद्यघातका कारण ५२ वर्षको उमेरमा उनको निधन भएको फोक्स स्पोट्सले जनाएको छ ।

थाइल्याण्‍डमा रहेका वार्न अचानक गम्भीर बिरामी परेका बताइएकाे छ । उनी अचेत अवस्थामा रहेका र उपचारका लागि अस्‍पताल लगिएपनि हाेस् नआएपछि मृत घाेषणा गरिएकाे समाचारमा उल्लेख छ ।

उनले सन् १९९२ मा अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका थिए । लेग स्पिनरमा विश्व क्रिकेटकै उत्कृष्ट वार्न अष्ट्रेलियाले सन् १९९९ को विश्वकप जित्दा टोलीका मुख्य सदस्य थिए । त्यसबाहेक उनी १९९३ देखि २००३ सम्म पाँच खेलको एसेस क्रिकेट श्रृङखलाका विजेता समेत हुन् ।

१५ वर्ष क्रिकेटमा बिताएका वार्नले सन् २००६ मा संन्न्यास लिएका थिए । उनी अष्‍ट्रेलियाका लागि सर्वाधिक ७०८ विकेट लिने बलर समेत हुन् ।

प्रतिकृया दिनुहोस्