×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डलरको भाउ १२७ रुपैयाँ नाघ्‍यो, इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

डलरको भाउ १२७ रुपैयाँ नाघ्‍यो, इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ९० पैसा र बिक्री दर १२८ रुपैयाँ ५० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ४८ पैसा र बिक्री दर १५२ रुपैयाँ २० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ। नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ।

प्रतिकृया दिनुहोस्