×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एक–दुई दिनमै वर्षा हुन्छ : मौसमविद्

एक–दुई दिनमै वर्षा हुन्छ : मौसमविद्

काठमाडौँ- मौसमविद्हरुले मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । आज (मंगलबार) जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले मनसुनको न्यून चापीय रेखा एक, दुई दिन भित्रमै सक्रिय हुने र वर्षा हुने बताएकी छन् । 

‘मनसुनमा अलिकति ब्रेक हुने बित्तिकै, वर्षा नहुने बित्तिकै अलि गर्मीको अनुभव हुन्छ । यो दुई वटा लगभग रिलेटेड जस्तै भन्नुपर्छ’ उनले भनिन्, ‘’वर्षाको क्रमसँगै बिस्तारै शीतल अनुभव गर्नसक्छौं । अहिले ब्रेककै स्थिति छ । बिस्तारै यो एक, दुई दिनमै मनसुन ट्रफमाथि सिफ्ट हुँदै जाँदा खेरी हाम्रोतिर मनसुन ट्रफ आउँछ ।’

मौसमविद् पोखरेलले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताइन् । त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उनले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्