×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अब ट्वीटर भेरिफाइडका लागि मासिक ८ डलर तिर्नुपर्ने

अब ट्वीटर भेरिफाइडका लागि मासिक ८ डलर तिर्नुपर्ने

काठमाडौं- ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने भएको छ । यो जानकारी ट्वीटरका सीईओ एलन मस्कले दिएका हुन् ।

यसअघि यसका लागि २० डलरको प्रस्ताव राखेका थिए । तर फरक फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति समता अनुसार मासिक आठ डलर तोकिएको हो ।

एलन मस्कले ट्वीटरमा लेखेका छन्–आगामी दिनमा पैसा दिनेहरुका लागि कम विज्ञापन, खोज्न र जवाफ दिन सहज, लामो अडियो भिडियो पोष्ट गर्ने लगायतका धेरै सुविधा पाइने छ । यसबाट ट्वीटरको आम्दानी बढ्ने र कन्टेन्ट बनाउनेहरुलाई पनि फाइदा हुने मस्कको भनाइ छ ।

प्रतिकृया दिनुहोस्