×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

के हो हल्ट प्राइज ? कसरी र कस्तो विषय हुनेछ ? जानीराखौं।

के हो हल्ट प्राइज ? कसरी र कस्तो विषय हुनेछ ? जानीराखौं।

काठमाडौं - हल्ट प्राइज ऊर्जावान विद्यार्थीहरुको लागि एक अवसर हो, जो एक उद्यमी, व्यापारी हुन कोसिस गर्दछन् । समाजमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति अहिलेसम्म शिक्षा, बिजुली, पानी ,खाद्य सुरक्षा र यस्तै अन्य किसिमका चुनौतीहरूका लागि अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनले छनौट गर्नुभएको छ । उहाँले हरेक वर्ष यस्तै समाजलाई सकारात्मक परिवर्तन ल्याउने खालका विषय रोज्ने गर्नुभएको छ । हरेक वर्ष चुनौतीहरु सयुक्त राष्ट्र संघका दिगो विकासका लक्ष्यहरु रहेर घोषणा गरिन्छ ।

हल्ट पुरस्कार एक अन्तर्राष्ट्रिय खुला प्लेटफर्म पनि हो जसले विद्यार्थीलाई नेटवर्क र उद्यमशिलता अगाडि बढाउन अवसर दिन्छ । यो प्रतिस्पर्धाका विजेता विद्यार्थीहरूका लागि एक मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ । यो युवाहरुको सञ्जाल हो जसले युवापुस्तालाई समाज र विश्व परिवर्तन गर्न उत्प्रेरित गर्छ। यो विद्यार्थीको लागि संसारकै ठूलो प्रतिस्पर्धा हो ।

कसरी र कस्तो विषय हुनेछ ?

हरेक वर्ष हल्ट प्राइज फाउन्डेसनले ‘दिगो विकास लक्ष्य’ मा रहेर सामाजिक उद्यमशिलतालाई प्रोत्साहन गर्दै ‘चुनौती र विषय’ घोषणा गर्दछ र उक्त विषयभित्र रहेर प्रतियोगीहरु आफ्नो व्यापार आइडियासहित प्रस्तुत हुनु पर्छ । यो वर्षको चुनौती र विषय घोषणा भइसकेको छ र प्रतियोगीहरुले सोही विषयमा आधारित भएर आफ्नो उद्धमशिलता विचार प्रस्तुत गर्नु पर्ने हुन्छ।

प्रतियोगी कति हुने गरेका छन् ?

विश्वभरिबाट सहभागी हुने यस कार्यक्रममा १२१ देशका दुई हजार ५०० बढी विश्वविद्यालयबाट तीन लाख धेरै विद्यार्थीले सहभागिता जनाउने गरेका छन्।

किन भाग लिने?

“अन क्याम्पस प्रोग्रामको” विजेताले “रिजनलको” लागि सिधै प्रतिस्पर्धा गर्न पाउने छन्। रिजनलका बिजेता accelerator मा पर्तिस्पर्धा गर्ने मौका पाउने छ्न् र accelerator का बिजेताले global finals मा प्रतिस्पर्धा गर्न UN headquarter मा गएर आफ्नो business idea प्रस्तुत गर्ने मौका को साथ साथै प्रतिस्पर्धा जितेर आफ्नो उद्धम सन्चालन गर्न १ मिलियन अमेरिकि डलर प्राप्त गर्ने मौका पाउने छन्।

प्रतिकृया दिनुहोस्