×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

आँखा झिम्काउने बित्तिकै एप खुल्ने फिचरवाला फोन ल्याउँदै अनर

आँखा झिम्काउने बित्तिकै एप खुल्ने फिचरवाला फोन ल्याउँदै अनर

एजेन्सी- प्रसिद्ध मोबाइल कम्पनि अनरले नयाँ फोनमार्फत आँखा झिम्काएको भरमा एप खुल्ने फिचर ल्याउने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जर्ज ज्हाओले अनर म्याजिक सिक्स फ्ल्यागशिप फोनमा आउने एआई फिचरको चर्चा गर्दै उक्त फिचर ल्याउन लागेको जानकारी दिएका हुन् ।

उनका अनुसार यो यस्तो फिचर हो जसले सहायताले प्रयोगकर्ताले आँखा झिम्काएरै फोन प्रयोग गर्न सक्छन् । विशेषगरी प्रयोगकर्ताले फोनको स्क्रिनमा जहाँ आँखा लग्छन् त्यही एप खुल्ने उनको दाबी छ । आँखाले दायाँबायाँ हेरेर एप स्क्राेल गर्न तथा अन्य तरिकाले कन्ट्रोल गर्न सकिने बताइएको छ । यसो त यो फिचरले गोपनीयताका सवाल पनि उठाएको छ । 


यो प्रविधिलाई कम्पनीले म्याजिक क्याप्सुल नाम दिएको छ । सीईओ जर्जका अनुसार यो आँखाको चाललाई ट्रयाक गरेर मल्टिमोडल तरिकाले अन्तरक्रिया गर्न सक्छ । यो फिचरका लागि उक्त प्रविधिले फोनमा भएको स्न्यापड्रागन जेन थ्री चिपसेटको सहयोग लिनेछ ।

त्यसबाहेक पनि सो फोनमा भएको एआई टुललाई प्रयोगकर्ताले अन्य विभिन्न काम लगाउन सक्नेछन् । ​विशेषगरी कुनै पनि भिडिओबाट हाइलाइट्स निकाल्नका उक्त एआईको प्रयोग गर्न सकिनेछ । यो वर्षको स्न्यापड्रागन समिटमा एआईको अत्यधिक चर्चा भएको थियो । त्यसैले अब आउने नयाँ फोनमा त्यस्ता स्तरीय फिचर हुने अपेक्षा गरिएको छ ।


माथि चर्चा गरिएको फिचरले कसरी काम गर्छ भन्ने डेमो समेत सार्वजनिक गरिएको छ । कम्पनीले अनर म्याजिक सिक्स फोन कहिले बजारमा आउँछ भन्ने खुलाइसकेको छैन । तर क्वाल्कमले भने नयाँ फ्लागशिप फोनहरू अबको केही सातामै बजारमा आउने सङ्केत दिएको छ ।

प्रतिकृया दिनुहोस्