×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाबुराम र माधवलाई सँगै लैजानेबारे छलफल गर्न माओवादीले बोलायो स्थायी कमिटी

बाबुराम र माधवलाई सँगै लैजानेबारे छलफल गर्न माओवादीले बोलायो स्थायी कमिटी

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । आज बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने महासचिव देव गुरुङले जानकारी दिए । उनकाअनुसार पार्टी संगठन विकास र विस्तार, दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि बैठकका एजेण्डा छ ।

माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्ने सहमति गरेको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि एकताको चर्चा छ । स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुने बताइएको छ । आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्ने छ ।

प्रतिकृया दिनुहोस्