काठमाडौं- पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी ९लोसपा० प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ । झाको उपचारका क्रममा गए राति काठमाडौंमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
डिम्पल पछिल्लो २ वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन् । संविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन् । डिम्पल लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन् ।